पत्रकार अक्लेहको हत्या इजरायली सेनाबाटै : राष्ट्र संघ

गत मे ११ मा कतारको न्यूज च्यानल अल जजिराकी संवाददाता शिरिन अबु अक्लेहलाई इजरायली सेनाले नै गोली हानेर मारेको प्राप्त तथ्याङ्कहरूले देखाएको संयुक्त राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले शुक्रबार जेनेभामा भनिन्, "हामीले यो निष्कर्ष निकालेका छौँ कि अबु अक्लेहलाई मार्ने र उनका सहकर्मी अली सम्मुदीलाई घाइते बनाउने गोली इजरायली सुरक्षा बलबाट प्रहार भएको थियो, सशस्त्र प्यालेस्टिनीहरूबाट होइन।"शामदासानीले संयुक्त राष्ट्र मानव अधिकार कार्

सम्बन्धित सामग्री

संयुक्त राष्ट्र संघ शक्तिहीन हुनु हुँदैन

युक्रेनमाथि रुसी आक्रमणको पहिलो वर्षगाँठले हामीलाई युद्धको विश्वव्यापी असरमाथि समीक्षा गर्ने अवसर दिएको छ।...

मुख्यमन्त्री पोखरेल र संयुक्त राष्ट्र संघ सहायक महासचिवबीच भेटवार्ता

पोखरा–गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संयुक्त राष्ट्र संघका सहायक महासचिव कान्नी विंगाराजा नेतृत्वकोे टोलीबीच मुख्मन्त्री कार्यालयमा बिहीबार औपचारिक भेटवार्ता भएको छ । उक्त अवसरमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओ, नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका नेपाल प्रतिनिधि आइसाने मेडागान्गोडा लाबे, इसिमोडका महासचिव एवं कोइकाका नेपाल प्रतिनिधि लगायत सहभागी थिए । गण्डकी […]

टर्कीको आधिकारिक नाम ‘टर्किए’ राख्न राष्ट्र संघ सहमत

संयुक्त राष्ट्र संघले टर्की गणतन्त्रको संघमा उल्लेख नाम ‘टर्की’ बाट ‘टर्किए’ मा परिवर्तन गरेको छ। देशको नाम परिवर्तनका लागि अंकाराको अनुरोध पछि राष्ट्र संघले त्यसलाई स्वीकृत गरेको हो। राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले टर्कीका विदेशमन्त्री मेभलुट काभुसोग्लुले बुधवार महासचिव एन्टोनियो गुटेरेसलाई सम्बोधन गरेको पत्र प्राप्त भएको र पत्रमा सबै मामिलामा ‘टर्की’को…

संयुक्त राष्ट्र संघ र आजका चुनौती

संसारभरका विभिन्न भेला र जमघटमध्ये १९ अप्रिल १९४५ को सनफ्रान्सिस्को सम्मेलन जसमा विश्वका ५६ देशले भाग लिएका थिए । यो नै विश्वसंस्था निर्माण गर्ने महŒवपूर्ण औपचारिक अध्याय बन्न पुग्यो । यसरी दोस्रो विश्वयुद्धको संहारकारी परिणामले भयभित भएको मानव जातिलाई दुःख कष्टबाट सुरक्षित गर्ने पवित्र उद्देश्य लिई सन् १९४५ अक्टोबर २४ मा स्थापित भएको संयुक्त राष्ट्र […] The post संयुक्त राष्ट्र संघ र आजका चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कोभिडमा नेपाली निजी क्षेत्रको भूमिका प्रशंसनीय : राष्ट्र संघ

नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक सारा ब्योसोलो नयन्थीले कोभिड महामारीमा नेपालको अर्थतन्त्रलाई गम्भीर संकटबाट जोगाउन निजी क्षेत्रले प्रशंसनीय भूमिका निर्वाह गरेको बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष...

म्यान्मारलाई हतियार नबेच: संयुक्त राष्ट्र संघ

न्युयोर्क, (एजेन्सी)।  संयुक्त राष्ट्र संघ (यूएन) ले यसै वर्ष म्यान्मारमा भएको हिंसात्मक सैनिक विद्रोहलाई लिएर म्यान्मारलाई विश्वका कुनै पनि मुलुकले हातहतियार नबेच्न आह्वान गरेको छ । यस्तो किसिमको आह्वानलाई दुर्लभ कदम मानिएको छ ।संयुक्त राष्ट्र संघको साधारणसभाले गत फेब्रुअरीमा प्रजातान्त्रिक परिपाटीबाट निर्वाचित सरकारलाई अपदस्थ गर्ने सैनिक जुन्ता सरकारविरुद्ध यो प्रस्तावना पारित गरेको हो । यूएनले […]

जेरुसलेममा बढ्दो हिंसा, राष्ट्र संघ सुरक्षा परिषद्को आपत्कालीन बैठक

एजेन्सी। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले सोमबार आपत्कालीन बैठक गर्दै जेरुसलेममा बढ्दो हिंसाबारे विचारविमर्श गर्‍यो। बैठकले इजरायललाई संयम अपनाउन र उक्त पवित्रस्थलमा शान्ति कायम गर्न अनुरोध गरेको छ। राष्ट्र संघमा आयरल्यान्डका राजदूत गेराल्डिन बायर्न न्यासनले भने, "सुरक्षा परिषद्ले तत्काल वार्ता गर्नुपर्छ। हामी आशा गर्छौं, यो काम हुनेछ।" परिषद्का १५ सदस्य सबैले इजरायलको हिंसामा चिन्ता व्यक्त गरे।

‘नेपालको विदेश नीति र संयुक्त राष्ट्र संघ’ पुस्तक विमोचन

वैशाख ११, काठमाडौं । ‘नेपालको विदेश नीति र संयुक्त राष्ट्र संघ’ शीर्षकको पुस्तक विमोचन हालै एक समारोहका बीच काठमाडौंस्थित होटल येलो प्यागोडामा गरिएको छ ।  पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना यूएन एशोसियशन अफ नेपालले गरेको थियो । पुस्तकमा विदेश सचिव, पूर्व विदेश सचिवहरु, पूर्वराजदूत, प्राज्ञ र विद्वानहरु जस्ता प्रख्यात व्यक्तिहरुले लेखेका २५ ओटा लेख समाविष्ट छ । पुस्तकको विमोचन प्रमुख अतिथि एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरेका थिए ।  कार्यक्रमको अध्यक्षता एशोसियशनका अध्यक्ष एसोसियट प्राध्यापक डम्बर बिर थापाले गरेका थिए ।  कार्यक्रममा एशोसियशनका उपाध्यक्ष राधेश पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पूर्वराजदूत प्राध्यापक डा मोहन प्रसाद लोहनीले समयमा पुस्तक प्रकाशनमा सघाएकोमा सम्पादकीय टोलीको तर्फबाट योगदानकर्ताहरुलाई धन्यवाद दिएका थिए ।  पुस्तकको समीक्षा गर्दै संयुक्त राष्ट्र संघको ७५ औं स्थापना दिवस र नेपालले यूएनको सदस्यता लिएको ६५ औं वर्षको अवसर पारेर सो पुस्तक सार्वजनिक गरेर राम्रो काम गरेको भन्दै सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक निश्चल नाथ पान्डेले एशोसियशनलाई धन्यवाद ज्ञापन गरेका थिए ।

म्यानमार नरसंहारको विरोधमा संयुक्त राष्ट्र संघ भवनअगाडि प्रदर्शन

काठमाडौं : म्यानमारको सैनिक सरकारले गरेको हत्याको विरोधमा ललितपुरको पुलचोकस्थित संयुक्त राष्ट्र संघको भवनअगाडि प्रदर्शन गरिएको छ।मानव अधिकार तथा शान्ति समाजले हत्या र दमनको निन्दा एवं भर्त्सना, राजनीतिक बन्दीहरुको बिनासर्त रिहाइ र लोकतन्त्र बहालीको मागसहित प्रदर्शन गरेको हो।