बजेट अभावका कारण दुई वर्षदेखि खेलमैदान अलपत्र, बनेका संरचना पनि जीर्ण बन्दै - Nepal Japan

बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र

सम्बन्धित सामग्री

रबर उद्योगमा चिनियाँ चासो

०७१ चैतदेखि बन्द रहेको गोरखकाली रबर उद्योग त्यसयताका स्थानीय, प्रदेश र संघका दुई निर्वाचनमा उम्मेदवारको चुनावी एजेन्डा बन्यो । ०७४ को निर्वाचनदेखि नै उद्योग पुन: सञ्चालन गर्ने उम्मेदवारको आश्वासन हालै सकिएको आम निर्वाचनमा पनि दोहोरियो । तर उम्मेदवारका आश्वासनमा स्थानीय सन्तुष्ट छैनन् । आठ वर्षदेखि बन्द अवस्थामा रहेको नेपालकै एक मात्र टायर उत्पादन गर्ने रबर उद्योगका संरचना दिनानुदिन जीर्ण बन्दै गएका छन् ।

दुग्ध विकास संस्थानद्वारा पौवामा ५० वर्षदेखि दुग्धजन्य परिकार उत्पादन

कात्तिक १३, काभ्रेपलाञ्चोक । दुग्ध विकास संस्थानले विगत ५० वर्षदेखि दूर्गम मानिने रोशी गाउँपालिका–११ जुगेपानीस्थित पौवामा दुग्धजन्य परिकार उत्पादन गर्दै आएको छ ।  संस्थानले पौवामा दुग्ध पदार्थ उत्पादन तथा विक्री वितरण केन्द्र स्थापना गरी चिजलगायत दुग्धजन्य परिकार उत्पादन गर्दै आएको हो ।   विसं २०२७ मा काभ्रेपलाञ्चोकको साविक भिमखोरी गाविस–१ मा स्थापित उक्त केन्द्रले चीज, मखन, पनिर, नौनीलगायत दुग्धजन्य परिकार उत्पादन गरी मासिक रू. १५ लाखको कारोबार गर्दै आएको जानकारी दिइएको छ ।  यसरी उत्पादित सामग्री काठमाडौंस्थित संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा विक्री–वितरणका लागि पठाइँदै आइएको केन्द्रका कर्मचारी जीवन श्रेष्ठले बताए ।  उक्त केन्द्रले पौवा तथा आसपासका उच्च पहाडी गाउँबाट दूध संकलन गर्दै आएको छ । केन्द्रमा भिमखोरीको पौवा, कातारचे, केराबासी, सोरे तथा छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायतका गाउँ र आसपासका कृषि अनुसन्धान सहकारी, धर्मेश्वर दुग्ध सहकारी, महाभारत कृषि सहकारी र स्थानीय सौभाग्य महिला सहकारीलगायत आठ सहकारी संस्थाबाट दैनिक ७५० देखि ८०० लिटरसम्म दूध संकलन हुने गरेको श्रेष्ठले जानकारी दिए ।  केन्द्रबाट दैनिक ११५ किलो पनिर, ७५ किलो चीज, १८ किलो हाराहारीमा मखन उत्पादन हुने गरेको जनाइएको छ । पौवा रोशीको उच्च पहाडी भेग भएकाले सबै क्षेत्रमा यातायातका साधनको पहुँच नभएकाले केन्द्रमा स्थानीय तथा खच्चडबाट दूध संकलन गरिँदै आइएको छ ।  ‘दुध ढुवानी गर्ने, स्थानीय व्यक्ति र खच्चरधनीलाई सहकारीमार्फत मासिक ज्याला दिने गरिन्छ’, केन्द्र प्रमुख प्रकाश केसीले भने । उनका अनुसार यहाँ उत्पादित परिकार गुणस्तरीय भएकाले स्थानीयले समेत खरीद गर्ने गरेका छन् ।  केन्द्र स्थापनापछि स्थानीय गाउँमा गाईभैँसी पाल्ने कृषकको संख्या बढेको कृषक सुरेश कर्माचार्यले बताए । ‘यस भेगमा उत्पादित दूध कहिल्यै खेर जाँदैन, सबै केन्द्रले लिने गरेको छ, यसकारण पहिलेभन्दा धेरै कृषकले गाईभैँसी पाल्दै आएका छन्’, उनले भने । उनका अनुसार केन्द्रले दुध लिँदा दुर्गमका कृषकलाई गाईभैँसी पालेर आर्थिक उपार्जनमा निकै ठूलो मद्दत पुर्‍याइरहेको छ ।  ११ रोपनी जमिनमा अवस्थित केन्द्रका ६ ओटा भवन छन् । केन्द्रका विभिन्न भौतिक संरचना जीर्ण बन्दै गएकाले मर्मत–सम्भारका एवम् पुनर्निर्माणका लागि केन्द्रीय कार्यालयमा बजेट माग गरिएको प्रमुख केसीले बताए । रासस