०७१ चैतदेखि बन्द रहेको गोरखकाली रबर उद्योग त्यसयताका स्थानीय, प्रदेश र संघका दुई निर्वाचनमा उम्मेदवारको चुनावी एजेन्डा बन्यो । ०७४ को निर्वाचनदेखि नै उद्योग पुन: सञ्चालन गर्ने उम्मेदवारको आश्वासन हालै सकिएको आम निर्वाचनमा पनि दोहोरियो । तर उम्मेदवारका आश्वासनमा स्थानीय सन्तुष्ट छैनन् । आठ वर्षदेखि बन्द अवस्थामा रहेको नेपालकै एक मात्र टायर उत्पादन गर्ने रबर उद्योगका संरचना दिनानुदिन जीर्ण बन्दै गएका छन् ।