व्यासको गौ संरक्षण केन्द्र अनुसन्धान स्थल बन्दै

तनहुँ । व्यास नगरपालिका–१० मादी नदी किनारस्थित शिशु वा भतेरीमा छाडा चौपायालाई व्यवस्थित गरिएको गौ संरक्षण केन्द्रलाई राष्ट्रिय पञ्चकव्य अनुसन्धान स्थल बनाइने भएको छ । छाडा चौपाया जथाभावी छाडिँदा सवारी दुर्घटना हुने, अरूको बालीनाली खाएर सखाप पारिदिने र बजार क्षेत्रको स्वरूप बिगारिदिनेलगायतका समस्या देखिएपछि नगरपालिकाको सक्रियतामा छाडा चौपाया व्यवस्थापन गरिएको हो । केन्द्रमा हाल १०० […]