नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाको उपसभामुख पदको उम्मेदवार रहेकी विद्या भट्टराईले आफ्नो पार्टीकै मागअनुसार लामो समय रिक्त रहेको यस पदमा निर्वाचन हुन लागेको बताएकी छन् । उम्मेदवारी दर्ता गर्दै उनले एमालेले संसदमा गम्भीरताका साथ उपसभामुख पदको निर्वाचन प्रक्रिया सुरु गर्न माग गर्दै आएको स्मरण गराएकी हुन् । उनले उपसभामुख भनेको संसद्को एक गरिमामय पद रहेको र आजबाट यसमा एउटा नयाँ कोर्स सुरु भएको जिकिर गरिन् । ‘समय कति भन्ने भन्दा पनि यसको गरिमा महत्त्वपूर्ण हो । संवैधानिक परिषद्को सदस्य उप