नेकपा एमालेका सांसद शेरबहादुर तामाङले उपसभामुख पद एमालेलाई दिन आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा भइरहेको उपसभामुखको निर्वाचन प्रक्रियामा एमालेबाट उम्मेदवार रहेकी विद्या भट्टराईलाई समर्थन गर्दै प्रमुख प्रतिपक्षीलाई उपसभामुख दिन आग्रह गरेका हुन् । सभामुख अग्नि सापकोटा सिन्धुपाल्चोकको र विद्या भट्टराई पनि सिन्धुपाल्चोककै चेली रहेकोले सभामुख र उपसभामुख एउटै जिल्लाको हुँदा राम्रो हुने बताए । उनले काँग्रेसबाट उम्मेदवार बनेकी पुष्पा भुसालको समर्थक रहेका माओवादी केन्द्रका प्रमु