भदौ २१, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा एक घण्टामा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतले बढेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४११ दशमलव १० पुगेको छ ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । यो समाचार तयार पार्दाको समयसम्ममा कम्पनीको शेयरमा ६ लाख ७४ हजार ४३४ कित्ता शेयर खरीद माग रहेको छ । कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएको सोमवार तेस्रो कारोबार दिन हो ।