प्रदेश १ का १३३ पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । अब ४ वटाको मत परिणाम आउन बाँकी छ । चारमध्ये उदयपुरको त्रियुगा नगरपालिकामा भने मतगणना कार्य नै सुरु हुन सकेको छैन । मतदानको समयदेखि नै विवाद सिर्जना भएपछि त्यहाँ मतगणना हुन नसकेको हो ।हालसम्म आएको निर्वाचन परिणाम अनुसार नेपाली काँग्रेसले प्रदेश १ का ६६ स्थानीय तहको नेतृत्व जितेर पहिलो स्थानमा छ । यस्तै एमालेले अहिलेसम्म ४६ स्थानीय तह जितेको छ । माओवादीले १२ पालिकामा जित हासिल गरेको छ । काँग्रेसले ६६ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष जित्