नवनिर्वाचित राष्ट्रियसभाका १९ सदस्यले आज शपथ लिँदै

काठमाडौँ । नवनिर्वाचित राष्ट्रियसभाका १९ जना सदस्यहरूले आज शपथ लिँदै छन् । सङ्घीय संसद् सचिवालयका अनुसार सदस्यहरूको शपथ शनिवार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ । शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । चार वर्षे कार्यकाल […]

सम्बन्धित सामग्री

नव निर्वाचित उपराष्ट्रपतिले शपथ लिँदै

नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

नवनिर्वाचित उपसभामुख रानाले आज पद तथा गोपनीयताको शपथ लिने

काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित उपसभामुख इन्दिरा रानामगरले दलीय आबद्धताबाट अलग भएको घोषणा गर्नुभएको छ । प्रतिनिधि सभाको अस्ति ७ गतेको बैठकबाट निर्वाचित भएपछि उहाँले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको घोषणा गर्नुभएको हो । गएको मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्य चुनावमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित हुनुभएको थियो । उहाँले आजै उपसभामुख पदको शपथ लिँदै हुनुहुन्छ ।

बागमती प्रदेशसभाका जेष्ठ सदस्यले आज शपथ लिँदै

काठमाडौं । बागमती प्रदेशसभाका नवनिर्वाचित सांसदहरू मध्ये ज्येष्ठ सदस्य नेकपा (माओवादी केन्द्र) का सांसद रामप्रसाद ढुङ्गानाले बुधबार पद तथा गोपनीयताको शपथ ‍लिँदै हुनुहुन्छ । प्रदेश प्रमुखको कार्यालय हेटौंडामा बुधबार दिउँसो २ बजे प्रदेश प्रमुख यादवचन्द्र शर्माले ढुङ्गानालाई शपथ गराउनु हुनेछ । निर्वाचन आयोगले गत पुस २ गते प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको […]

सांसद यादव र राईले आज शपथ लिँदै : बाँकी दुई जनाले आफ्नो अनुकूलतामा शपथ लिने

काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित सांसदमध्ये हिजो शपथ लिन छुटेका महेन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ नलिएका यादवलाई सङ्घीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको हो । यादवसँगै राईलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले आज सिंहदरबारमा रहेको संसद् सचिवालयमा शपथ गराउनुहुनेछ । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई जहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेका संसद् सचिवालयले जनाएको छ । प्रतिन...

दोस्रो प्रतिनिधि सभाको उल्लास

काठमाडौं । संविधान जारी भएपछिको दोस्रो प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराएका हुन् । शपथ लिँदै गर्दा उनीहरूमा भिन्न जोस र जाँगर देखियो । जनताले पाँच वर्षका लागि चुनेर पठाएका उनीहरूमा विशेष जिम्मेवारी बोधसमेत महसुस भएको देखियो […]

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै : शपथ अघि सर्वदलीय बैठक बस्दै

काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहणका लागि तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । जबराले प्रतिनिधि सभाका अरू नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । जबराले नयाँ बानेश्वरमा रहेको संसद् भवनमा आज दिउँसो १ बजे सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर...

प्रतिनिधिसभाकी उपसभामुख भुसालले आज शपथ लिँदै

काठमाडौं–प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुषालले आइतवार पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छिन्। राष्ट्रपति भवन शीतल निवासमा दिउँसो ४ बजे सपथ ग्रहण कार्याक्रम तय भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए। उपसभामुखलाई राष्ट्रपतिको उपस्थितिमा सभामुखले सपथ खुवाउने व्यवस्था छ। सत्ता गठबन्धनको सर्मथनमा नेपाली कांग्रेसकी सचेतक भुषाल शुक्रबार एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित […]

कामपाका मेयर-उपमेयर बालेन र सुनिता पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले सोमबार पद तथा गोपनीयताको शपथग्रहण लिँदै छन्।सोमबार महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथग्रहण कार्यक्रम भइरहेको छ। यसलगत्तै प्रमुख साहले उपप्रमुख डंगोललाई र त्यसपछि ३२ वडाका अध्यक्षलाई शपथग्रहण गराउनेछन्। महानगरको मुख्यालयमा स्वागत गर्ने कार्यक्रम तय भएको कामपाले जनाएको छ। दुवैजनाले सोमबार दिउँसो नै सुन्धारास्थित महानगरको मुख्यालयमा पदभार