धनुषा : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। बुधवार मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ।
जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र…
धनुषा, पुस २९ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। बुधबार मुख्यमन्त्री नियुक्त भएका यादवले आज मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ। जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ […]
गण्डकी प्रदेशसभाका ज्येष्ठ सांसद मित्रलाल बस्यालले आज शपथ लिँदै छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई सपथ गराउने कार्यक्रम तय भएको छ । संविधान अनुसार प्रदेश प्रमुखले जेष्ठ सांसदलाई सपथ गराउने र उनै जेष्ठ सांसदले अरु सांसदलाई शपथ गराउने व्यवस्था छ । बस्याल ६५ वर्षका भए । ६५ वर्षकै अर्का सांसद विन्दुकुमार थापा बस्याल भन्दा २ दिनले कान्छा छन् । प्रदेश प्रमुखको निवासमा बस्याललाई सपथ गराउने तयारी भएको प्रेस संयोजक माधव रेग्मीले बताए । यहाँका अन्य ५९ सांसदलाई बिहीबार संसद भवनमा सपथ गरा
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय पोसाक दौरासुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ लिँदै हुनुहुन्छ । यसअघि दुई पटक प्रधामन्त्री बन्दा तथा सांसदको शपथ लिँदा दौरासुरुवाल नलगाउनुभएका अध्यक्ष प्रचण्डले यस पटक भने दौरासुरुवाल लगाएर शपथ ग्रहण गर्नुभएको हो ।
माओवादीका नेताहरूले एकल जातीय पहिचान भन्दै दौरासुरुवाललाई अस्वीकार गर्दै आएका थिए । यसअघि माओवादीले राष्ट्रिय पोसाक दौरासुरुवाल बदल्नुपर्ने बहस गरेका थिए ।
यसअघि अर्का नेता अग्नि सापकोटाले सभामुख बने...
काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित सांसदमध्ये हिजो शपथ लिन छुटेका महेन्द्र राय यादव र रामकुमार राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।
उमेरसम्बन्धी प्राविधिक कारणबाट हिजो शपथ नलिएका यादवलाई सङ्घीय संसद् सचिवालयले आज शपथ गराउने तयारी गरेको हो । यादवसँगै राईलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले आज सिंहदरबारमा रहेको संसद् सचिवालयमा शपथ गराउनुहुनेछ ।
खोटाङबाट निर्वाचित सांसद रामकुमार राई जहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेका संसद् सचिवालयले जनाएको छ । प्रतिन...
भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनीयताको शपथ लिँदै छिन् । मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ लिनेछिन् । प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ गराउनेछन् । शपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा संसदमा आइपुग्ने छन् ।त्यस्तै, अर्को औपचारिक कार्यक्रम बिहान राष्ट्रपति भवनको प्राङ्गणमा हुनेछ । तर, पानी परेमा सो कार्यक्रम स्थगित हुने शपथ
नयाँ दिल्ली – भारतमा राष्ट्रपति निर्वाचित द्रौपदी मुर्मुले आज पद तथा गोपनीयताको शपथ लिँदै छिन् । मुर्मुले सोमबार बिहान सवा दश बजे एक विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ लिनेछिन् । प्रधानन्यायाधीश एनभी रमानाले उनलाई राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ गराउनेछन् । शपथ समारोहअघि निवर्तमान राष्ट्रपति रामनाथ कोविन्द र राष्ट्रपति निर्वाचित मुर्मु एक औपचारिक समारोहमा […]
काठमाडौँ। भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज सर्वोच्च संवैधानिक पदको शपथ लिँदै छिन् । उनी आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला बनेकी हुन् । भारतको केन्द्रीय गृह मन्त्रालयले शपथ ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार बिहान सवा १० बजे हुने जनाएको छ । शपथ पछि मुर्मूलाई २१ तोपको सलामी दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । […]
भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज सर्वोच्च संवैधानिक पदको शपथ लिँदै हुनुहुन्छ । उहाँ आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला बन्नु भएको छ ।
भारतको केन्द्रीय गृह मन्त्रालयले शपथ ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार बिहान सवा १० बजे हुने जनाएको छ ।
शपथ पछि मुर्मूलाई २१ तोपको सलामी दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ । उहाँले आजै पदभार ग्रहण गर्नु हुने पनि खबरमा उल्लेख गरिएको छ ।
सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार ...
काठमाडौँ । नवनिर्वाचित राष्ट्रियसभाका १९ जना सदस्यहरूले आज शपथ लिँदै छन् । सङ्घीय संसद् सचिवालयका अनुसार सदस्यहरूको शपथ शनिवार बिहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ । शपथग्रहणसँगै नयाँ निर्वाचित भएर आएका सांसदहरूका लागि संसदीय प्रक्रिया र पद्धतिबारे जानकारी दिने कार्यक्रम राखिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । चार वर्षे कार्यकाल […]