डाडाखेत–राहुघाट प्रशारण लाइनको जग्गा अधिग्रहण सुरु

म्याग्दी जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको १३२ केभी क्षमताको प्रशारण लाइनको टावर रहने जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ । आयोजना प्रमुख रोशन अग्रवालले पहिलो चरणमा ४७ कित्ता जग्गाका धनीलाई मुआब्जा दाबी गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरिएको जानकारी दिए ।“७७ मध्ये २० वटा टावर बन्ने जग्गा अधिग्रहण प्रक्रिया थालिएको छ,” उनले भने “थप टावर बन्ने जग्गाको पहिचानसँगै सार्वजनिक जग्गामा वन प्राविधिकसँग संयुक्त नापजाँचको काम पनि सुरु भएको छ ।” १२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइन बनाउन लागिएको हो ।जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको संयोजकत्वमा मुआब्जाको दररेट निर्धारण उपसमिति गठन गरेको छ । रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नं ६ र ७ मा करिब २५ किलोमिटर दुरीको प्रशारण लाइनको टावर निर्माण हुनेछन् । सवस्टेशन र प्रशारण लाइन निर्माणको काममा जग्गा अधिग्रहणलाई मुख्य उपलब्धि मान्ने गरिन्छ ।डाडाँखेत र राहुघाटमा सवस्टेशन निर्माणसँगै प्रशारण लाइनका टावरका लागि प्रस्तावित जग्गा अधिग्रहण प्रक्रिया थालिएको आयोजना प्रमुख अग्रवालले बताए । उनका अनुसार डाडाँखेतको सवस्टेशन निर्माणस्थलमा अधिग्रहण भएको ५१ रोपनी जग्गामा घेराबार र भवन निर्माण भइसकेको छ ।राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ । सवस्टेशनका उपकरण राख्नका लागि जग्गा सम्माउने काम भइरहेको छ । सन २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रशारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो ।डिजाइन सकेर ठेकेदारले प्रारम्भिक चरणको पूर्वाधार निर्माण थालेको छ । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ । म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन र सवस्टेशन बनाउन लागिएको हो ।डाडाँखेत सवस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गरिने भएको छ । २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सवस्टेशन जिआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए । एशियाली विकास बैंकको ऋणमा प्रशारण लाइन र सवस्टेशन निर्माण गर्न लागिएको हो । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई वटा आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई वटा आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् । सवस्टेशन र राहुघाट जोड्ने प्रशारण लाइन निर्माणको तयारी भएसँगै अनुमति लिएर बसेका प्रर्वद्धक सक्रिय भएका छन् । गैरआवासीय नेपालीको अगुवाइमा धौलागिरि कालिका हाइड्रोले २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको सुुरुङ निर्माण थालेको छ ।धवलागिरि गाउँपालिका–४ मा हाइड्रो इम्पायर प्रालि काठमाडाँैले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजनाले विस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण गरिरहेको छ । धवलागिरि गाउँपालिका–४ मै भिजन हाइड्रो प्रालिले ५७.३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनाको संरचना तयारी सुरु गर्ने तयारी गरेको छ । अप्पर हाइड्रोपावर प्रालि काठमाडौँलले धवलागिरि र मालिका गाउँपालिकाको भूगोलमा बनाउन लागेको ५३.५ मेगावाट क्षमत्ताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माणस्थलमा सडक र विद्युत् सुविधा पु¥याउने काम भइरहेको छ । 

सम्बन्धित सामग्री

जुम्ला विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण प्रक्रिया सुरु

जुम्ला विमानस्थल विस्तार तथा नयाँ टर्मिनल भवन निर्माणको लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ। नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सय ८३/८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको हो।...

अरुण तेस्रो जग्गा अधिग्रहण प्रक्रिया सुरु

अरुण तेस्रो जलविद्युत आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । संखुवासभा स्थित मकालु गाउँपालिकामा निर्माणधिन ९सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत आयोजनाका लागि थप जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको हो । भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभीएन) ले निर्माण गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाले सोमबार एक सूचना जारी गर्दै आयोजना सम्पन्न गर्नका लागि […]

८ वर्षमा पनि टुंगिएन सिर्सिया बन्दरगाहको जग्गा अधिग्रहण

१४ चैत, वीरगञ्ज । सरकारले वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाह (आईसीडी) र एकीकृत भन्सार जाँच चौकी (आईसीपी)का लागि वीरगञ्ज-२५ सिर्सिया खल्वाटोलाका गोवालाल सहनी मलाहको ४२.३३ वर्गमिटर जग्गा अधिग्रहण गर्दैछ । कित्ता नं ६७ को उक्त जग्गाको मुआब्जाको लागि उनले २१ पुस ०७९ मा नै आवश्यक प्रक्रिया पूरा गरिसकेका छन् । मुआब्जा निर्धारण समितिले तोकेको दर अनुसार […]

विराटनगर विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण गर्ने निर्णय फिर्ता

२ असोज, काठमाडौं । सरकारले विराटनगर विमानस्थल विस्तार गर्न लिने भनी गरेको निर्णय मन्त्रिपरिषद्ले फिर्ता लिएको छ । मन्त्रिपरिषद्ले २७ कात्तिक २०७७ मा विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय गरेको थियो । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दिएको स्वीकृती ३१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता लिने निर्णय गरेको हो । सरकारका प्रवक्ता […]

अरुण तेस्रोका लागि जग्गा अधिग्रहण शुरु

– केदार मगर खोटाङ, १७ भदौ: अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि यहाँ जग्गा अधिग्रहणको काम सुरु गरिएको छ । सङ्खुवासभाबाट उत्पादन गर्न लागिएको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्को प्रसारणलाइनले ओगट्ने यहाँका दुई गाउँपालिकाभित्रको जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायतका विवरण सङ्कलन शुरु गरिएको हो । सङ्खुवासभाबाट भोजपुर हुँदै खोटाङको साकेला गाउँपालिका र […]

सबस्टेशन बनाउन नियमअनुसार नै जग्गा अधिग्रहण भएको एमसीएको प्रष्टोक्ति

सब–स्टेशनका लागि आवश्यक ३ सय ९८ रोपनी जग्गा अधिग्रहण नेपालको जग्गा प्राप्ति ऐन अनुसार गरिएको एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमसीए नेपालले भन्यो- कानुनअनुसार नै जग्गा अधिग्रहण

एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको स्पष्ट पारेको छ।

एमसीए नेपालले भन्यो– कानुनअनुसार नै जग्गा अधिग्रहण

काठमाडौँ – एमसीए नेपालले जग्गा प्राप्ति ऐन, २०३४ अनुसार नै नुवाकोटको रातमाटेमा सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गरिएको स्पष्ट पारेको छ। सरकारको लगानी र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी)को अनुदान सहयोगमा एमसीए–नेपाल विकास समितिले नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा निर्माण गर्न लागेको रातमाटे विद्युत् सब–स्टेसनका लागि जग्गा अधिग्रहण गरिएको जनाएको छ। उक्त सब–स्टेशनका लागि आवश्यक ३९८ रोपनी […]

दूधकोसी जलविद्युत् आयोजना : जग्गा अधिग्रहण प्रक्रिया शुरू

सरकारले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले रावावेशी र ऐँसेलुखर्क गाउँपालिकाका प्रभावित जग्गा अधिग्रहण गर्न रोक्का गर्ने सूचना बुधबार सार्वजनिक गरी प्रक्रिया अगाडि बढाएको हो । तीन जिल्लाको त्रिवेणी यो बृहत् जलाशययुक्त आयोजनाले तीन जिल्लालाई छुने छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको तीन हजार ८७६ हेक्टर जमिन प्रभावित हुने आकलनअनुसार खोटाङको दुई गाउँपालिकाबाट जग्गा अधिग्रहणको थालनी गरिएको हो । कार्यालयले खोटाङको रावाबेँस...

विराटनगर विमानस्थल विस्तार गर्न १२६ विगाह जग्गा अधिग्रहण गरिदैं

विराटनगर विमानस्थलको क्षमता विस्तार गर्न १२६ विगाह निजी जग्गा अधिग्रहण गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको क्षमता विस्तार गर्न जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको हो।