दूधकोसी जलविद्युत् आयोजना : जग्गा अधिग्रहण प्रक्रिया शुरू

सरकारले ६३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङले रावावेशी र ऐँसेलुखर्क गाउँपालिकाका प्रभावित जग्गा अधिग्रहण गर्न रोक्का गर्ने सूचना बुधबार सार्वजनिक गरी प्रक्रिया अगाडि बढाएको हो । तीन जिल्लाको त्रिवेणी यो बृहत् जलाशययुक्त आयोजनाले तीन जिल्लालाई छुने छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको तीन हजार ८७६ हेक्टर जमिन प्रभावित हुने आकलनअनुसार खोटाङको दुई गाउँपालिकाबाट जग्गा अधिग्रहणको थालनी गरिएको हो । कार्यालयले खोटाङको रावाबेँस...

सम्बन्धित सामग्री

बन्ने भयाे दूधकोसी जलविद्युत् आयोजना: जग्गा अधिग्रहण शुरु

खोटाङ । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको […]

दूधकोसी जलविद्युत् आयोजना  : जग्गा अधिग्रहण प्रक्रिया सुरु

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पर्ने दूधकोसी जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा व्यवस्था गर्न अधिग्रहण सुरु भएको छ । खोटाङको रावाबेसी–३ लामीडाँडा र ओखलढुंगाको चिशङ्खुगढी–६ भदौरेको सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट ६ सय ३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि ५ हजार ८ सय २६ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।