ताप्लेजुङ - मापदण्डबिना नै खनिएका सडकका कारण ताप्लेजुङका विभिन्न गाउँहरु पहिरोको उच्च जोखिमा परेका छन् ।
ताप्लेजुङका ९ वटा पालिकाका ६१ वडामध्ये ५९ वडाहरु सडक सञ्जालमा जोडिएका छन् । ८ गाउँपालिका र एक नगरपालिकामा जताततै खनिएका सडकका कारण पहिरोको उच्च जोखिम बढेको छ । मापदण्ड बिना नै सडक खन्दा बस्ती जोखिममा परेका हुन् ।
मेरिङ्देन गाउँपालिका-६ नाल्बुका नेत्र नेपालीले घरमाथि खनिएको सडकका कारण पहिरोको जोखिम बढाएको बताउनुभयो । पानी परेपछि पहिरोको डरले रातभरि निन्द्रा नपर्ने उहाँले गुनासो गर्नुभयो ।
...