काठमाण्डौ – प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी आजदेखि बिदा भएका छन् । देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरी आजदेखि बिदा भएका नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
‘जहाँजहाँबाट म्यादीमा भर्ना हुनुभएको थियो, उहाँहरूलाई आज सोही कार्यालयबाट बिदाइ गरियो,’ उहाँले भन्नुभयो । छोटो समयको तालिमका बाबजुद तोकिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी निर्वाचनलाई सफल बनाउन सहयोग गरेकाम...