जनकपुरधाम : मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मधेश प्रदेशमा ३४ लाख ८४ हजार ६२८ मतदाता रहेका छन्।निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार मधेशमा महिलाभन्दा पुरुष मतदाताको संख्या बढी रहेको हो।आयोगका अनुसार प्रदेशमा महिला १५ लाख ५८ हजार ७०४ र पुरुष मतदाता १८ लाख २७ हजार ८५४ छन् भने तेस्रो लिंगी ७० जना छन्।सप्तरीमा चार लाख १८ हजार ३७४ कुल मतदाता छन्। पुरुष २ लाख १७ हजार २८२, महिला २ लाख दश हजार ७१ र तेस्रो लिंगी २१ जना छन्।सिरहामा ४ लाख २२ हजार १२ कुल मतदातामध्ये