माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सम्पन्न, यस्ता छन् बैठकका निर्णयहरू

नेकपा माओवादी केन्द्रले कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने बताएको छ। आजको स्थायी कमिटीको बैठकपछि नेता नारायणकाजी श्रेष्ठले भने, “कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्छौं, सरकारलाई समर्थन फिर्ता लिएकोबारे कागजमा मात्र दिन बाँकी छ।” नयाँ सरकारका लागि अरू दलहरूसँग तीव्र रूपमा संवाद अघि बढाउने बैठकले निर्णय गरेको छ। भोलि १ बजे फेरि बैठक बस्नेछ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी कमिटी बैठक: चुनाव चिन्हबारे छलफल हुने

नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा सुरु हुनेछ।...

निर्वाचन र बाबुराम भट्टराईसँग सहकार्यबारे माओवादीको बैठकमा छलफल

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडाँमा बसिरहेको छ। बैठक जारी रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोर प्रसाद उपाध्याले जानकारी दिए।  प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनबारेमा छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो। सोमवारका लागि स्थायी कमिटीको बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आज सम्मका…

माओवादी पूर्व स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं, जेठ २२ । नेकपा (माओवादी केन्द्र)को पूर्व स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै छ। पार्टी कार्यालय पेरिसडाँडामा अहिले बिहान ९ बजे बस्ने तयारी रहेको छ । यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । बैठकमा स्थानीय निर्वाचनको समीक्षा र जनप्रतिनिधिबाट आएका प्रतिक्रियाका बारेमा छलफल हुने जनाइएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । आज बिहान प्रज्ञा भवन कमलादीमा स्थायी कमिटीको बैठक बसेको हो । बन्दसत्रमा पेश भएका राजनीतिक प्रतिवेदन र विधान मस्यौदामा प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुअघि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको हो । आजै प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले […]

माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए। गजुरेलका अनुसार बैठकमा पार्टीको निर्वाचन निर्देशिका, पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताए। बैठकमा मन्त्रिपरिषद् विस्तार र सदनमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले गर्दै आएको अवरोध तथा सभामुखमाथिको चुनौतीका विषयमा छलफल हुने बताइएको छ। पाँच दलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सर

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सम्पन्न, यी हुन निर्णय

काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई छिट्टै पूर्णता दिने निर्णय गरेको छ। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । उनले भने,‘सरकारले छिट्टै पूर्णता पाउनेछ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएलगत्तै सरकारले […]

माओवादी स्थायी कमिटीको बैठक आज पनि बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक आज पनि बस्दै छ। कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै

२४ फागुन, काठमाडौं । सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको बैठक बस्दै छ । स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि बनेको नेकपाको नाम विवादमा फैसला गर्दै ऋषी कट्टेल […]

प्रचण्ड–माधव समूहले बोलायो स्थायी कमिटी बैठक

२३ फागुन, काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न प्रचण्ड–माधव समूहले स्थायी कमिटीको बैठक बोलाएको छ । कानून व्यवसायीहरुसँग परामर्श गरेको प्रचण्ड–माधव समूहका नेताहरुले फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको जस्तो देखिएको बताएका छन् । तर यसबारे आधिकारिक धारणा तय गर्न भोलि स्थायी कमिटीको बैठक बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले […]