माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए। गजुरेलका अनुसार बैठकमा पार्टीको निर्वाचन निर्देशिका, पछिल्लो समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताए। बैठकमा मन्त्रिपरिषद् विस्तार र सदनमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले गर्दै आएको अवरोध तथा सभामुखमाथिको चुनौतीका विषयमा छलफल हुने बताइएको छ। पाँच दलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सर

सम्बन्धित सामग्री

पार्टी एकता बारे छलफल गर्न माओवादीले बाेलायाे स्थायी कमिटी बैठक

काठमाडौँ – नेकपा माओवादी केन्द्रले पार्टीकाे स्थायी कमिटीको बैठक बोलाएको छ। आज बिहीबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बाेलाइएकाे बैठक सुरु हुन भने अझै केहीबेर लाग्ने बताइएकाे छ। पार्टीकाे स्थायी कमिटीका एक सदस्यका अनुसार अबकाे केहीबेरमा बस्ने उक्त बैठकमा डा‍.बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादीलगायतका दलहरूसँग पार्टी एकता र अन्य राजनीतिक विषयमा छलफल गर्ने […]

निर्वाचन र बाबुराम भट्टराईसँग सहकार्यबारे माओवादीको बैठकमा छलफल

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडाँमा बसिरहेको छ। बैठक जारी रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोर प्रसाद उपाध्याले जानकारी दिए।  प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनबारेमा छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो। सोमवारका लागि स्थायी कमिटीको बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै आज सम्मका…

राष्ट्रिय सम्मेलनबारे छलफल गर्न पेरिसडाँडामा माओवादी बैठक

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन स्थायी कमिटीको बैठक बोलाएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सोमबार बिहान बोलाइएको बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड तयार पार्नेछ । बैठकको एजेण्डाबारे माओवादी नेता नारायणकाजी श्रेष्ठले रातोपाटीसँग भने ‘पार्टीले राष्ट्रिय सम्मेलनको प्रतिनिधित्व प्रणाली लगायत केही टेक्निकल कुराहरु मिलाउनुपर्नेछ, त्यसैका निम्ति बैठक बस्न लागेको हो ।’नेकपा माओवादी केन्द्रले आगामी पुस

माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम आज टुंगो लगाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउँन आज स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीति एवं पार्टीको सांगठनिक बिषयमा छलफल हुनेछ । यसअघि माओवादीको स्थायी कमिटीले सरकार संचालनमा सहयोग गर्न उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने प्रस्ताव गरेको थियो । प्रधानमन्त्री […]

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् । त्यसबारे छलफल गर्न स्थायी […]

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बिषयमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो।दिउँसो ३ बजेका लागि स्थायी कमिटीको बैठक बोलाइएको नेता हरिबोल गजुरेलले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरिराख्दा माओवादीले बैठक बोलाएको हो।प्रतिपक्षी मोर्चाबाट अविश्वासको प्रस्तावमा तयारी भइरहेको बेलामा ओलीले विश्वासको मत लिँदै छन्। माओवादीले सरकारलाई दिएको समर्थनसमेत अझै फि

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रले सोमबार स्थायी कमिटी बैठक बोलाएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाएको हो। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै कांग्रेस र जसपाले गठबन्धनको सरकार बनाउन आनाकानी गरिरहेका छन्। प्रचण्डले ओली प्रतिगमनको बाटोमा लागेको भन्दै सरकारबाट हटाउन पहल गरिरहेका छन्। यसै क्रममा प्रचण्डले पछिल्लो समय विभिन्‍न कार्यक्रमह

समर्थन फिर्ताका लागि माओवादी केन्द्रले अझै केही दिन पर्खिने

१९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा दलहरुसँग भएको वार्ताको ब्रिफिङ हुनुका साथै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण […]