काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहीत र मितव्ययी रूपमा गर्न तीनै तहका सरकारलाई सातबुँदे निर्देशन दिएको छ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायमा निर्देशन दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सातबुँदे निर्देशन दिएको हो।आयोगले दिएको निर्देशनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचनमा