स्थगित परीक्षा र भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिविको सूचना

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि हाल स्थगित भएका परीक्षाहरू सञ्चालनको व्यवस्था गर्न एवं सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न क्याम्पसहरुलाई निर्देशन दिएको छ । स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणकालागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै स्थगित परीक्षा र एवं सम्भव भएसँगै भौतिक उपस्थितिमा […] The post स्थगित परीक्षा र भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिविको सूचना appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

टियुको परीक्षा र कक्षा फागुन १ गतेदेखि सञ्चालन गर्न निर्देशन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सवै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ ।त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए । क्याम्पस÷विभाग÷स्कुलमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी त्रिविले स्थानीय तहको समन्वयमा तोकेको समयसीमा र स्वास्थ्य मापदण्डभित्र रही जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न निर्देशन दिएको उनले बताए । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्रिविले माघ पहिलो हप्तादेखि सञ्चालन हुने परीक्षा स्थगन गरेको थियो । यसअघि सरकारले पनि फागुन १ गतेदेखि विद्यालय तहको कक्षा सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।

त्रिविमा फागुन १ गतेदेखि भौतिक रुपमै पठनपाठन हुने

काठमाडौँ– कोरोना महामारीका कारण भौतिक रुपमा स्थगित त्रिभुवन विश्वविद्यालयको पठनपाठन फागुन १ गतेदेखि भौतिक रूपमै सञ्चालन हुने भएको छ। बिहीबार सूचना जारी गर्दै त्रिविले क्याम्पस/विभाग/स्कुलहरूमा विद्यार्थीको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरेर स्थानीय निकायले तोकेको समयसीमा र मापदण्डभित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणका लागि पूर्व तयारी गरी कक्षा सञ्चालन, प्रशासनिक कार्य र परीक्षा […]

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा स्थगित

सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएकाले माघ महिनाभरी हुने सबै परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको आज बसेको परीक्षा बोर्डको बैठकले यही माघ १६ गतेदेखि सुरु हुन लागेको स्नातक तहको व्यवस्थापन सङ्कायको पहिलो, दोस्रो र  तेस्रो वर्षका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएका हुन् । यसका साथै विश्वविद्यालयले कक्षा सञ्चालन पनि अनलाइनबाटै गर्ने निर्णय ग...

एक वर्षपछि खुले मनाङका विद्यालय

कोरोना महामारी र चिसोले बन्द भएका मनाङका विद्यालय झण्डै एक वर्षपछि सञ्चालनमा अएका छन् । गत वर्ष जाडो सकेर विद्यार्थी भर्ना अभियान शुरु गर्दैगर्दा कोरोनाले एसइई परीक्षा स्थगित भएसँगै बन्द भएका यस क्षेत्रका विद्यालय विसं २०७६ चैत महिनादेखि हालसम्म बन्द नै भए ।पहँुच पुगेका ठाउँमा अनलाइन कक्षा सञ्चालन भए पनि यहाँ भने कुनै पनि...

बन्न थाल्यो शैक्षिक क्षेत्र चलायमान, त्रिविको निर्णय अर्को साता

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणसँगै दैनिक गतिविधि बढेपछि अब शैक्षिक क्षेत्र थप चलायमान हुने भएको छ । विद्यालय तथा विश्वविद्यालयका भौतिक कक्षा सञ्चालन नभए पनि विद्यार्थीको सिकाइले निरन्तरता पाउनुका साथै स्थगित विभिन्न तहका परीक्षा छिट्टै सञ्चालन हुने सम्भावना बढेको हो ।