विधान महाधिवेशनका लागि यस्तो बन्यो एमालेको अध्यक्ष मण्डल (सूचीसहित)

ललितपुर । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सञ्चालनका लागि अध्यक्ष मण्डल घोषणा भएको छ । उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा र अनुमोदन गरिएको छ । अध्यक्ष मण्डलमा रहेकाहरूको नामावली यसप्रकार छ:- केपी शर्मा ओली- संयोजक युवराज ज्ञवाली- सदस्य अष्टलक्ष्मी शाक्य- सदस्य रामबहादुर थापा- सदस्य सुवासचन्द्र नेम्वाङ – सदस्य […]

सम्बन्धित सामग्री

कांग्रेसको मञ्चमा कम्युनिष्टको घोचपेच, पौडेलले गुनासो पोख्दा देउवाको व्यङ्ग्य

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा भव्य रूपमा सुरुवात भएको छ । दुई वर्ष अगाडि नै गनुपर्ने महाधिवेशन विभिन्न समयमा पाँच पटक सरेर शुक्रबार उद्घाटन भएको हो । कांग्रेसले आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन समारोह सम्पन्न गरेको छ । कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेर शुभकामना दिए भने कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूले सम्बोधन गरेका छन् । कांग्रेसको महाधिवेशनका मञ्च शेयर गरेका कम्युनिष्ट पार्टीका नेताहरूले एक अर्कालाई घोचपेचदेखि ठट्टा गर्नेसम्मको अवस्था बन्यो । निकै...

अस्तव्यस्त नारायणगढ

चितवन : नेकपा एमालेको १० औं महाधिवेशनका कारण आज बिहानै देखि चितवनको नारायणगढ क्षेत्र अस्तव्यस्त बन्यो। नारायणी नदी किनारमा आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्रका कारण मुख्य सडक मार्गहरु अवरुद्ध भएका थिए। जसकारण सहायक सडकहरुमा मानिस र सवारी साधनको 'मुभमेन्ट' बढेको थियो। महाधिवेशन आयोजनास्थलमा मानिसको भिड बढ्दा व्यवस्थापकिय कमजोरी प्रष्ट देखिन्थ्यो। सडकमा घन्टौंको जाम लाग्दा नारायणी…

एमालेमय बन्यो नारायणगढ : उद्घाटन समारोहअघि यस्तो देखियो नारायणी किनार [फोटोफिचर]

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरू हुँदैछ । महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे नारायणगढस्थित नारायणी नदी किनारमा हुनेछ । उद्घाटन समारोहका लागि नेता/कार्यकर्ता नारायणी किनार पुग्ने क्रम शुरू भइसकेको छ । महाधिवेशनका कारण नारायणगढ क्षेत्र एमालेमय बनेको छ । पार्टीका झण्डा र ब्यानरले नारायणी किनार झकिझकाउ बनेको छ । उद्घाटन समारोहमा भाग लिन देशभरबाट एमाले कार्यकर्ता र शुभचिन्तक नारायणगढ पुग्दैछन् । हेर्नुहोस्, फोटोफिचर :

सुनिश्चित बाटोमा काँग्रेस महाधिवेशन

नेपाली काँग्रेसको महाधिवेशन समयमा हुन नदिने र आफ्नो रणनीतिअनुसार पार्टी चलाउने खेलमा आन्तरिक रूपमा लाग्नेहरू असफल भएका छन् । महाधिवेशनका सन्दर्भमा बाधा विरोधमा उत्रेकाहरू पनि अब महाधिवेशनको तयारीमा जुट्न लागेका छन् । यसले महाधिवेशन नभएर फेरि सर्ने हो कि भन्ने आशङ्का समाप्त गरेको छ । सक्रिय सदस्यको विवाद अन्त्य भइसकेपछि पार्टी कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना र अनशनको अभिनय प्रारम्भ भएको थियो । अब यो मञ्चनको पनि पटाक्षेप भएको छ । उनीहरू कसको आडमा यो प्रदर्शन गर्दै थिए भन्ने पनि लुकेको थिएन । क्रियाशील सदस्यता विवाद समाधानसम्बन्धी प्रतिवेदन बुझ्न पुग्नुभएका नेता रामचन्द्र पौडेल अर्को दिन आफैँ अनशनस्थल पुगेर समर्थन मात्र जनाउनु भएन, उनीहरूको मागका पक्षमा वकालतसमेत गरेर फर्कनु भयो । तर पार्टी सभापति कुनै हालतमा महाधिवेशन गराउने अडानमा पुगेर ४८ जिल्लाका सक्रिय सदस्यको नामावली प्रकाशन गरेपछि पौडेल समूह पछाडि हट्यो र ‘फेस सेभिङ’ सहमति बन्यो ।