सञ्चार मन्त्रालयबाट १० अर्ब राजस्व, ५३ अर्ब आम्दानी

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहतका निकायहरूले गत आर्थिक वर्ष २०७८/०७९ मा करिब १० अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् । मन्त्रालय र मातहतका निकायले एक आवमा ९ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेका हुन् ।मन्त्रालय मातहतका निकायहरुले यो अवधिमा कुल ५२ अर्ब ५९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेका छन् । यो […]

सम्बन्धित सामग्री

विद्युत् उत्पादन गर्ने तयारीमा रहेको अपर तामाकोशी हाइड्रोपावरको वित्तीय अवस्था :

असार १७, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले सोमवार (असार २१ गते) देखि ७६ मेगावाट विद्युत् परीक्षणको रुपमा उत्पादन शुरु गर्ने भएको छ ।  कम्पनीले विद्युत् उत्पादन शुरु गरेसँगै शेयर मूल्यमा कस्तो असर पर्ला भन्ने आम लगानीकर्ताको चासोको विषय रहेको छ । राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले पनि दीर्घकालमा कम्पनीले लगानीकर्तालाई कस्तो प्रतिफल देला भनेर पनि धेरै लगानीकर्ताको चासोको विषय भएको हो ।  सञ्चार माध्यमबाट कम्पनीले विद्युत् उत्पादन गर्ने भन्ने समाचार आएको दुई दिन शेयर मूल्यमा सकारात्मक सर्किट पनि लागेको थियो । बिहीवार भने कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ रुपैयाँले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७६७ कायम भएको छ । यस दिन कम्पनीको १ लाख १४ हजार ४७२ कित्ता शेयर खरीदविक्री भएको छ । एक महीना अगाडि पनि विद्युत् उत्पादन शुरु गर्ने हल्ला भएसँगै कम्पनीको उच्च शेयरमूल्य अर्थात् प्रतिकित्ता रू. ९३० सम्म पुगेको थियो । कम्पनी चालू आवको तेस्रो त्रैमाससमा भने रू. ३ करोड ५० लाख २८ हजार नोक्सानीमा रहेको छ ।  गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. ४ करोड ४४ लाख ९६ हजार नोक्सानी व्योहोरेको थियो । गत आवको तुलनामा भने नोक्सानी कमी भएको हो ।  कोभिड -१९ को असरले गर्दा आयोजना निर्माण अवधि र लागत बढ्दै गएको छ यसले गर्दा निर्माण अवधिको ब्याज, डलर सटही दर तथा अन्य व्ययभारले आयोजनाको लागत बढी भएको तर बिजुली विक्रीबाट हुने आम्दानी नबढ्ने हुँदा कम्पनीको प्रक्षेपित नाफा तथा नगद प्रवाहमा असर पुगेको कम्पनीको वित्तीय विवरणमा उल्लेख छ ।  हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ भने जगेड कोष रू. ८२ करोड ५६ लाख २२ हजार ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको दीर्घकालिन ऋण रू. ४० अर्ब ८ करोड रहेको तेस्रो त्रैमासिक वित्तीय विवरण उल्लेख गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ९२ दशमलव २० पुगेको छ ।