काठमाण्डाै – निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र बिउँताएको छ । आयोगले दुई दल २०७५ सालको जेठ तीन गतेअघिकै अवस्थामा रहेको पत्र दुई अध्यक्षलाई पठाउने निर्णय गरेको छ ।
यस्तै निर्वाचन आयोगमा २०७५ सालको जेठ २३ गते केपी शर्मा ओली र प्रचण्डको नाममा दर्ता भएको नेकपा खारेज गर्ने पनि आयोगले निर्णय गरेको छ । अब एमाले र माओवादी केन्द्र नै रहने र उनीहरूको चुनाव चिह्न पनि सूर्य र गोल घेराभित्रको हँसिया हथौडा हु...