काठमाण्डाै - मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदै छ ।
मिथिला क्षेत्रमा नयाँ वर्षको दिन ‘सतुवाइन’ र भोलिपल्ट ‘जुडशीतल’ मनाइन्छ । बढ्दो गर्मी र लगातार बहँदो तातो हावाबीच सुुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ ।
नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मीमा शीतल गर्ने मान्यताभित्र खाइन्छन् ।
नयाँ वर्षका दिन चना, जाै, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित स...