धनुषा – मिथिलाको महाकुम्भको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा आज बिहीवारदेखि सुरु भएको छ । आज बिहान जनकपुरको मिथिला बिहारी नगरपालिकामा रहेको मिथिला बिहारी मन्दिरबाट भगवानको डोलासहित परिक्रमा सुरु गरिएको छ । १५ दिनसम्म मिथिला बिहारीको डोलासँगै मध्यमा परिक्रमाका लागि जनकपुरधामको हनुमान नगरमा भक्तजनहरू जम्मा भइसकेका छन् ।
मिथिला महात्म्यका अनुसार मिथिलामा वृहत्, मध्यमा र अन्तगृहसहित तीन वटा परिक्रमा हुने गर्छ । मध्यमा र अन्तगृहमा धेरै सङ्ख्यामा भक्तजन सहभागी हुने गरेका स्थानीयवासी बताउँछन । नेपाल...