धनगढी : सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र रूपमा थालिएको छ। प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयहरूले आसन्न स्थानीय तह निर्वाचनको तयारी तीव्र पारेका हुन्।प्रदेशका ८८ स्थानीय तहका १ हजार १३५ मतदानस्थलमा २ हजार १०३ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था मिलाउन थालिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए। ‘३० गते हुने निर्वाचनका लागि प्रदेशका सबै निर्वाचन कार्यालयले वैशाख ८ गते बिहीबार जिल्लाका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय