नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयरहरुले नक्शा पास नभएका संरचनाहरुमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले डोजर आतंक मच्चाइरहने हो भने काठमाडौँबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्नसक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको बताए । उनले केही मानिसले साथ दिए भन्दै कानून मिचेर जनतालाई दुःख दिने काम नगर्न पनि चेतावनी दिए । उनले भने, ‘नक्शापास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भने