काठमाण्डाै – बाजुराको बुढीगंगा नगरपालिकामा भोलि हुने मतदानको तयारी पूरा भएको छ । बुढीगंगामा गएको बैशाख ३० गते भएको पालिका चुनावमा मतदान निष्पक्ष नभएको भन्दै निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
७ सय ५३ पालिकामध्ये बुढीगंगाबाहेक अरु सबै पालिकामा जनप्रतिनिधि चुनिएका छन् । बुढीगङ्गा नगरपालिकाका निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतका अनुसार भोलि हुने मतदानमा खटिने कर्मचारी मतपत्रसहित मतदान केन्द्रमा पुगिसकेका छन् ।
बुढीगङ्गा नगरपालिकाका दश वडामा दश मतदानस्थल र १९ मतदान केन्द्र छन् । ...