कैलाली – कैलाली ३ मा नागरिक उन्मुक्ति, पार्टीकी गंगाराम चौधरीले अग्रता बनाउनुभएको छ । ५ हजार १०५ मत गन्दा चौधरी १६ सय १ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।
उहाँलाई माओवादी केन्द्रका उम्मेदवार कृष्ण चौधरी कुन्दले १३ सय मतसहित पछ्याइरहनुभएको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का वीरेन्द्र बमले एक हजार ५० मत ल्याउनुभएको छ भने नेकपा एमालेका गौरीशङ्कर चौधरीले ८ सय मत प्राप्त गर्नुभएको छ ।