कर छलीको अभियोगमा राजस्व अनुसन्धान विभागले एकजना भारतीय नागरिक विरुद्ध मुद्दा दायर गरेको छ । भारत पश्चिम बंगाल राज्य सिलगुरी थाना स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचल बस्ने अमितकुमार अग्रवालविरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।