काठमाडौं : काठमाडौं उपत्यकाभित्र पछिल्लो समय देखिएको जल्दोबल्दो समस्या हो– सडकका कुकुर। बाटोमा मानिसलाई छाडा कुकुरहरूले आक्रमण गर्दा सर्वसाधारणहरू ज्यानको जोखिम मोलेर हिँडीरहेका छन्।तर यसको व्यवस्थापन गर्नेतर्फ भने काठमाडौं महानगरपालिका उदासीन छ। महानगरपालिकाको कृषि तथा पशुपक्षी विभागले अपेक्षित काम नगरेको र यसका लागि छुट्याएको बजेट सधैँ फ्रिज हुने गरेको भन्दै महानगरपालिकाकै जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।गत साउन ३२ गते २१ औं नगर कार्यपालिका बैठकमा महानगरपालिका वडा-७ का अध्यक्ष विम