आगामी आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ल्याएको ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको अनुमानित बजेट पारित भएको छ । आज बसेको १० औँ नगर सभाको दोस्रो बैठकले बजेट पारित गरेको हो । महानगरले असार १० गते बजेट प्रस्तुत गरेको थियो । आर्थिक वर्ष ०७९/८० को बजेट आर्थिक वर्ष ०७८/७९ कोभन्दा १५ प्रतिशतले कम हो । त्यसै गरी आजकै बैठकले केही महत्त्वपूर्ण नीतिगत निर्णयहरूसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले जानकारी दिए । बैठकले उपमेयर शिल्पा निराला कार्कीको संयोजकत्वमा न्यायिक