जनकपुरधाम : मानव अधिकारकर्मीको टोलीले महोत्तरीमा एक महिलालाई बोक्सी आरोपमा मलमुत्र कोच्याएर गरेको कुटपीटबारे जानकारी लिएको छ। साथै टोलीले घटनास्थलको अनुगमन पनि गरेको छ।जलेश्वर नगरपालिका–४ सुगा गाउँकी ४२ वर्षीया सुकमरिया देवी महतोलाई ०७८ असोज २७ गते बिहान बोक्सीको आरोपमा केही व्यक्तिले मलमुत्र कोच्याएर कपाल मुण्डन गरी अमानवीय कुटपिट गरेका थिए। अनुगमन टोलीमा राजु पासवान (इन्सेक प्रदेश २), अर्जुन साह (थर्ड एलायन्स), शंकरप्रसाद श्रेष्ठ (नेपाल मानव अधिकार संगठन प्र