जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलमा बोक्सी आरोपमा एक महिला स्वास्थ्य स्वयंसेविकालाई निर्घात कुटपिट तथा मानव मलमूत्र खुवाउने प्रयास गरिएको घटना सार्वजनिक भएको छ।साउन १ गते राति ९ बजे ३५ वर्षीया महिला स्वास्थ्य स्वयंसेविकालाई बोक्सीको आरोप लगाउँदै छिमेकी पाँचजना मिलेर निर्घात कुटपिट गरेको पीडित परिवारले जनाएको छ।पीडित महिलाका श्रीमानका अनुसार ४८ वर्षीय मंगल महरा, ४५ वर्षीय सुमिन्त्रादेवी महरा, २७ वर्षीय संजित महरा, २० वर्षीय रविन महरा र २६ वर्षीया देवकीदेवी महराले निर्घात रुप