परमाणु हतियारसम्पन्न राष्ट्र उत्तर कोरिया र अमेरिकाबीच लामो समययता विभिन्न विषयमा तिक्तता छ । विशेष गरी उत्तर कोरियाको परमाणु हतियारबाट अमेरिका सन्तुष्ट छैन । अमेरिकालाई सन्तुलनमा राख्न परमाणु हतियार गज्जबको अस्त्र भएको त्यहाँका सर्वोच्च नेता किम जोङ उनले बताउँदै आएका छन् ।
सिओल, २३ फागुन। उत्तर कोरियाका शीर्ष नेता किम जोङ्ग–उनकी बहिनी किम यो–जोङ्गले मंगलबार अमेरिकालाई चेतावनी दिएकी छन्। अमेरिका र दक्षिण कोरियाविरुद्ध कडा कारवाही गर्न उत्तर कोरिया तयार रहेको चेतावनी उनले दिएकी हुन्। अमेरिकी परमाणु हतियार बोक्न सक्षम बी–५२ विमान सोमबार दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा अमेरिकाले प्रयोग गरेपछि उनले यस्तो चेतावनी दिएकी हुन्।उनले दक्षिण कोरियाली सेनालाई कठपुतलीको संज्ञा दिएकी छन्।
उत्तर कोरियाले मध्यपूर्व वा अफ्रिकामा ढुवानीको आवरणमा रसियालाई “महत्वपूर्ण“ तोपगोला बारूद पठाउँदै गरेको संयुक्त राज्य अमेरिकाले दाबी गरेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताए।उत्तर र दक्षिण कोरियाले एक अर्कालाई लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो । अमेरिकी दाबीबारे उत्तर कोरिया र रुसले कुनै टिप्पणी गरे
उत्तर कोरियाले युक्रेन युद्धका लागि रुसलाई हतियार आपूर्ति गरेको भन्ने अमेरिकी दावीको खण्डन गरेको छ । उसले यस्तो आरोप लगाएर अमेरिकाले आफ्नो छवि बिगार्ने प्रयास गरेको आरोप लगायो । बिहीबार कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले नाम उल्लेख नगरिएका एक रक्षा अधिकारीको वक्तव्य जारी गरेको थियो, जसमा अमेरिका र अन्य शत्रु पक्षले प्योङयाङ र मस्कोबीच ‘हतियारको कारोबार भएको अफवाह’ फैलाएको आरोप लगाएको छ । ‘हामी उत्तर कोरिया विरोधी बयानबाजी नफैलाउन अमेरिकालाई कडा शब्दमा चेतावनी दिन्छ
उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा उत्तर कोरिया आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रमा उत्तर कोरियाका दूतले युक्रेनमाथि रुसको हमलाका लागि अमेरिकालाई जिम्मेवार देखाएको छ ।यसका साथै उनले वासिङ्टनको आधिपत्यको नीतिले अन्य देशको सुरक्षालाई पनि खतरा पुर्याएको बताएका छन् ।दक्षिण कोरियाको समाचार एजेन्सी योनहापले संयुक्त राष्ट्र महासभामा भएको आपतकालीन सत्रका बेला किम सङले यस्तो कुरा बताएका हुन् । मंगलबार यसै सत्रका बेला सङले भने, ‘अमेरिका र पश्चिमले रुसको सुरक्षाको प्रत्यायभूतिको मागको अवहेलना गरे । नेटोको पूर्वमा विस्तार गर्नका लागि हतियार प्रणाली तैनाथ
मनिला । उत्तर कोरियाले आणविक हतियार अमेरिकाबाहेक अन्य देशका विरुद्ध प्रयोग गर्ने कुनै मनसाय नभएको जनाएको छ । दक्षिणपूर्वी एसियाली मुलुकहरूको क्षेत्रीय भेलामा सहभागी हुन...