उत्तर कोरियाद्वारा रुसलाई हतियार पठाएको आरोपको खण्डन

उत्तर कोरियाले युक्रेन युद्धका लागि रुसलाई हतियार आपूर्ति गरेको भन्ने अमेरिकी दावीको खण्डन गरेको छ । उसले यस्तो आरोप लगाएर अमेरिकाले आफ्नो छवि बिगार्ने प्रयास गरेको आरोप लगायो । बिहीबार कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले नाम उल्लेख नगरिएका एक रक्षा अधिकारीको वक्तव्य जारी गरेको थियो, जसमा अमेरिका र अन्य शत्रु पक्षले प्योङयाङ र मस्कोबीच ‘हतियारको कारोबार भएको अफवाह’ फैलाएको आरोप लगाएको छ । ‘हामी उत्तर कोरिया विरोधी बयानबाजी नफैलाउन अमेरिकालाई कडा शब्दमा चेतावनी दिन्छ