दार्चुला – यही मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा दार्चुलामा उम्मेदवारी दिएकामध्ये १२ जना उम्मेदवारको जमानत जफत भएको छ । कुल सदर मतको १० प्रतिशत मत पनि पुर्याउन नसकेपछि प्रतिनिधिमा सात र प्रदेश सभामा पाँच जनाकाे जमानत जफत भएको हो ।
सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबाहेक सबैको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयाे । प्रतिनिधि सभा सदस्यका उम्मेदवारले उम्मेदवारी दर्ता गर्ने क्रममा १०...