१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका ५ नेताले अमेरिकी सहयोग परियोजना एमसीसी व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णयको विरोध गरेका छन् । केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने प्रस्ताव ल्याएका थिए । छलफलका क्रममा नारायणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरा, लिलामणि पोखरेल र गिरिराजमणि पोखरेलले मात्र त्यसको विरोध गरेका छन् । […]