कालिकोट – गाउँपालिकाको पहिलो बैठकले निर्णय गरे बमाेजिम कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले गाउँमै वृद्धभत्ता बाँड्न थालेको छ ।
गाउँपालिकाको पहिलो बैठकले गाउँमै पुगेर वृद्ध भत्ता बाँड्ने निर्णय गरेको थियो । कठिन भूगोल र भिरालो बाटो हिँडेर वृद्धवृद्धाहरुलाई बैंंकसम्म पुग्न असहज भएपछि गाउँपालिकाले बैंकसँगको सहकार्यमा गाउँमै वृद्धभत्ता बाँड्न थालेको गाउँपालिका उपाध्यक्ष पार्वती सिह सञ्यालले बताउनु भयाे ।
रकम भुक्तानी गर्दा इन्टरनेट चाहिने भएकाले अहिले विद्यालय, स्वास्थ्य संस्था वा वडा कार्य...