स्याङ्जाको गल्याङ नगरपालिकाले वृद्ध भत्ता अब घर–घरमै पुगेर वितरण गर्ने भएको छ । पालिकाका विभिन्न वडामा रहेका वृद्धवृद्धाहरूलाई गल्याङ बजारसम्म आउनुपर्दा समस्या हुने र लाइन बस्नुपर्दा सास्ती भएको भन्दै घर घरमै पुगेर वितरण गर्ने निर्णय गरेको हो । नगरस्थित बैंक तथा वित्तीय संस्थाहरूको संयुक्त बैठकले नगरपालिकाका कर्मचारी र बैंकका कर्मचारीको संयुक्त पहलमा घर–घरमै पुगेर वितरण …