अर्घाखाँची - उमेर बढाएर वृद्ध भत्ता लिने व्यक्ति पक्राउ

अर्घाखाँची – नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिने शितगंगा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शितगंगा १३ सिमलपानीका केशबहादुर भाटलाई नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक शंकर खड्काले बताउनुभयो । भाटले नागरिकतामा भएको जन्म मिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ । भाटको मतादाता परिचय पत्रमा २०१६।८।२४ गते नै रहेको भेटिएको प्रहरीको भनाइ छ । पक्राउ प...