गृहमन्त्री बालकृष्ण खाँडले सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा नै रहेकाले त्यसका लागि लागिपरेको बताएका छन्। सोमबार जनकपुरधाम आएका गृहमन्त्री खाँडले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै पहिलो दायित्व नागरिकको जिउधनको सुरक्षा रहेकाले सुरक्षाको मामिलामा कुनै कसर बाँकी नराख्ने बताए।