जननिर्वाचित सरकारलाई हटाएर सरकार नियन्त्रणमा लिएका म्यानमारका सैनिक प्रमुख पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमणमा निस्कँदै छन्।गत फेब्रुवरी १ मा 'कु'मार्फत सत्ता हत्याएका सेना प्रमुख मिन आङ दक्षिण पूर्वी एसियाली क्षेत्रीय संगठन (आसियन)को शिखर सम्मेलनमा भाग लिन इन्डोनेसियाको राजधानी जाकार्ता जान लागेका हुन्।नेतृ आन साङ सूकीसहित उनका पार्टीका शीर्ष नेताहरूलाई म्यानमारको सेनाले अहिलेसम्म हिरासतमै राखेको छ। उनीहरूको रिहाइको माग गर्दै भएका प्रदर्शनमा हालसम्म ७०० भन्दा बढी सर्वसाधारण मारिएका छन्।पछ