गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको निधन

न्युज अफ नेपाल ,काठमाडौं । अज्ञात समुहको गोली प्रहारबाट गम्भीर घाइते माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गराइरहेका उनको अवस्था थप गम्भीर भएपछि गएराति थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । पाण्डे र उनीसँगै रहेका एक जना भारतीय नागरिक मोहमद इर्साद खानलाई गत बुधबार […]

सम्बन्धित सामग्री

माओवादी नेता वर्षमान पुनको आमामाथि गोली प्रहार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार भएको छ । पुनको घरमा बसेको सुरक्षाकर्मीको एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाउँदा पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएकी छन् । खुट्टामा गोली लागेको उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली […] The post माओवादी नेता वर्षमान पुनको आमामाथि गोली प्रहार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोली प्रहारबाट घाइते कपिलवस्तुका माओवादी नेता पाण्डेको मृत्यु

बुटवल । गत बुधबार राति गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । त्यसको एक घण्टामा नै सोमबार राति पाण्डेको निधन भएको हो ।

गोली प्रहारबाट घाइते माओवादीका नेताको मृत्यु

गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी नेताको उपचारका क्रममा सोमबार मृत्यु भएको छ । गत जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा गोली प्रहारबाट घाइते भएका माओवादी नेता दीपक पाण्डेको उपचारको क्रममा त्रिवि  शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको  जिल्ला प्रहरी कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।  पाण्डेलाई गोली हानेको आरोपमा प्रहरीले  कपिलवस्तु नगरपालिका–१  का ओमप्रकाश यादवसहित २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

गोली लागेका माओवादी नेता दीपक पाण्डेयको उपचार क्रममा मृत्यु

कपिलवस्तु : कपिलवस्तुमा गत बुधबार गोली लागेर घाइते भएका माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको उपचारका क्रममा काठमाडौंमा  मृत्यु भएको छ।युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार सम्भव नभएपछि उनलाई आजै साझ हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। पाण्डेयमाथि गोली प्रहारको घटनामा संलग्न रहेको आरोपमा समाजवादी विद्धार्थी फोरमका लुम्बिनी &

माओवादी नेता पाण्डेमाथि कपिलवस्तुमा गोली प्रहार

कपिलवस्तु। नेकपा माओवादी केन्द्रका नेता दिपक पाण्डे कपिलवस्तु नगरपालिका–३ स्थित सडुवामा अज्ञात समूहको गोली लागेर घाइते भएका छन्। गोली लागेर ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका अयाज अख्तर मुसलमान घाइते भएको प्रहरीले जनाएको छ। पाण्डे र अख्तर लु.९प ८५२१ नम्बरको मोटरसाइकलमा तौलिहवा आउने क्रममा पछाडिबाट मोटरसाइकलमा आएका तीनजनाले गोली हानेका थिए। पाण्डेको ढाड र पेटमा गोली लागेको छ।