गोली प्रहारबाट घाइते कपिलवस्तुका माओवादी नेता पाण्डेको मृत्यु
बुटवल । गत बुधबार राति गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ ।
उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । त्यसको एक घण्टामा नै सोमबार राति पाण्डेको निधन भएको हो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी नेताको उपचारका क्रममा सोमबार मृत्यु भएको छ । गत जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा गोली प्रहारबाट घाइते भएका माओवादी नेता दीपक पाण्डेको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएको जिल्ला प्रहरी कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
पाण्डेलाई गोली हानेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–१ का ओमप्रकाश यादवसहित २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
कपिलवस्तु : कपिलवस्तुमा गत बुधबार गोली लागेर घाइते भएका माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ।युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार सम्भव नभएपछि उनलाई आजै साझ हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। पाण्डेयमाथि गोली प्रहारको घटनामा संलग्न रहेको आरोपमा समाजवादी विद्धार्थी फोरमका लुम्बिनी &