योगदानमा आधारित सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वृद्धावस्था सुरक्षा योजना, औषधोपचार तथा स्वास्थ मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना लगायत विविध योजनामा ६९ करोड रुपैयाँ भुक्तानी गरेको हो । यो रकम श्रमिकले गरेको कुल योगदानको ५.४ प्रतिशत हो ।कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत ५६ करोड ५२ लाख ६१ हजार ४१९ रुपैयाँ माग दाबीका आधारमा योगदानकर्ताहरु