काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आइतबार १४ पेज लामो न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।११ बुँदे प्राथमिकता र १० बुँदे नीति तथा कार्यक्रमसहित सार्वजनिक सरकारको न्यूनतम साझा कार्यक्रममा माओवादीले विगतदेखि नै उठाउँदै आएको शान्ति प्रक्रियाको निष्कर्षको विषय प्राथमिकतामा छ ।संविधान संशोधन, कोभिड रोकथाम तथा नियन्त्रण लगायतका विषयलाई पनि न्यूनतम साझा कार्यक्रममा महत्वका साथ स्थान दिएको सरकारले धेरैको चासो रहेको एमसीसीबारे भने मौनता साधेको छ ।किनभने नीति तथा कार्यक्रममा ए