सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट १ हजार ५३६ जनाको नमूना परीक्षण गर्दा ४८८ जनामा संक्रमण पुष्टि भएको हो ।
तीमध्ये पीसीआर विधिबाट परीक्षण गर्दा २५७ र एन्टीजेन विधिबाट परीक्षण गर्दा २३१ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालमा १९९ र महाकाली अस्पतालमा ५८ जना पीसीआर विधिबाट गरिएको परीक्षणमा संक्रमण देखिएको हो । एन्टीजेन विधिबाट गरिएको परीक्षणमा कञ्चनपुरका १२...