सुदूरपश्चिममा कोरोना सङ्क्रमण हुने भन्दा निको हुने धेरै

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार १४ जनाको कोरोना परीक्षण गरिएको थियो । सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका क्रममा २२ तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा कञ्चनपुरमा ११ र दार्चुलामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । सो अवधिमा प्रदेशभर ३९ जना  कोरोनाबाट मुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ ।     मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का ८४ वर्षीय पुरु

सम्बन्धित सामग्री

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दो, छैन स्वास्थ्य सावधानी

काभ्रेमा दैनिक कोरोना सङ्क्रमण दर निरन्तर बढिरहेको छ । शनिबार १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेका थिए । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ । १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ । यसमध्ये सबैभन्दा बढी सदरमुकाम धुलिखेल नगरपालिकामा १३ महिलासहित २६ मा सङ्क्रमण देखिएको हो ।पछिल्लो २४ घण्टामा आठ सङ्क्रमित निको भएको जनाइएको छ । पा

गण्डकीमा थप २३८मा कोरोना सङ्क्रमण

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २३८मा कोरोना सङ्क्रमण देखिएको छ ।प्रदेशभित्रका विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणमा सबैभन्दा बढी कास्कीका ९० मा कोरोना सङ्क्रमण देखिएको थियो । त्यस्तै यस अवधिमा स्याङ्जाका ५९, पर्वतका २०, म्याग्दीका १८, लम्जुङका १६, वाग्लुङका १२, नवलपरासी पूर्वका ११, तनहुँका छ, गोरखाका चार, मुस्ताङका दुई जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । यस अवधिमा प्रदेशमा ९३५ निको भएका र चार हजार ५१९ जना होम...

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

काठमाण्डाै – आज आइतवार पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । हिजो शनिवार पनि काेराेना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै रहेको थियो । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार एक सय ४५ जनाको नमुना परीक्षण गर्दा तीन हजार पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार तीन सय ५९ जना निको भएका छन् । यस्तै थप ३२ जनाले कोरोना...

कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झर्‍यो

काठमाण्डौ – नेपाली  श्रमिकको श्रम गन्तव्य देश कुवेतमा कोरोना सङ्क्रमण दर घटेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार कुवेतमा कोरोना सङ्क्रमण दर शून्य दशमलव ३ प्रतिशतमा झरेको छ । यस्तै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या पनि ९९.०९ प्रतिशत पुगेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण दर घट्नुमा नागरिकलाई लगाइएको खोपको उपलब्धि भएको कुवेती स्वास्थ्य मन्त्रालयले  उल्लेख गरेको छ ।  कुवेतमा अहिलेसम्म ४ लाख १० हजार ९०१ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ४ लाख ७ हजार ३९६ जना निको भएका छन् भने २४ सय ३४ जनाको ...

नेपालमा कोरोना निको हुने पनि स्थिर

काठमाडौं, ८ साउन । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ […]

भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो

भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । गत जुन २९ बाट यहाँ ४० हजारभन्दा कम व्यक्तिमा मात्र कोरोना सङ्क्रमण भएको पाइएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ५ लाख ८५ हजार २२९ पुगेको सो मन्त्रालयले जनाइएको छ । यसै अवधिका भारतमा कोरोना सङ्क्रमणबाट ७४३ व्यक्तिको मृत्यु भएपछि यस

विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ करोड नाघ्यो

काठमाण्डाै – विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा चार लाख १३ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ करोड तीन लाख भन्दा धेरै भएको हो । विश्वका धेरैजसाे ठाउँमा फैलिएको कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा तीन करोड ४४ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने दोस्रोमा रहेको भारतमा तीन करोड ८२ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १६ करोड ५० लाख ६० हजार भन्दा धेरै निको भएका छन् । य...

भारतमा पछिल्लो ४० दिनयताकै थोरैमा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै - भारतमा दैनिक विवरणअनुसार पछिल्लो ४० दिनयताकै थोरै एक लाख ९५ हजार आठ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दैनिक चार लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा केही दिनदेखि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक महिनाअघि ८१ दशमलव ७ प्रतिशत रहेको निको हुने दर पनि बढेर ८८ दशमलव ७ प्रतिशत पुगेको छ । एक महिनाअघि १७ दशमलव १७ प्रतिशत सक्रिय सङ्क्रमित रहेकोमा अहिले घटेर १० दशमलव १७ प्रतिशतमा झरेको छ । सङ्क्रमण पुष्टि हुने र निको हुने दरमा सुधार आए पनि ज्यान गु...

पछिल्लो २४ घण्टामा थप १३० मा कोरोना सङ्क्रमण पुष्टि, सातको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३३ जनाको स्वास्थ्य परीक्षण गर्दा १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ५५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६८ हजार २६६ पुगेको छ । मन्त्रालयका अनुसार अहिले देशभर एक हजार ७४४ सक्र

गण्डकीमा थप ५४ जनामा कोरोना सङ्क्रमण, ७४ निको

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५४ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार ७५३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।उनका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७४ पुगेको छ । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १३ हजार ७०१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट