पाकिस्तानी संकटको पाठ

दक्षिण एशियाली मुलुक श्रीलंकापछि पाकिस्तानको अर्थतन्त्र संकटमा परेको छ । त्यस्तै बंगलादेशमा पनि संकटका संकेत देखापर्न थालिसकेका छन् । अर्थतन्त्रका विद्यमान समस्यालाई सही ढंगले व्यवस्थापन भएन र राजनीतिक किचलोमा सरकारले समय बिताउनुपर्‍यो भने नेपाल पनि समस्यामा नपर्ला भन्न सकिँदैन । अहिले पाकिस्तानसँग १८ दिनको वस्तु आयातका लागि माग धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेको छ र ऊ विभिन्न अन्तरराष्ट्रिय सहयोगदाता निकायहरूसँग ऋणका लागि वार्ता गरिरहेको छ । विभिन्न देशको अर्थतन्त्रमा संकट बेलाबेला आइरहन्छ । भारतमा पी भी नवरसिंह राव प्रधानमन्त्री हुँदा भारतसँग १ हप्ताका लागि मात्रै वस्तु आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति थियो । तर, भारतले उचित व्यवस्थापन गर्न सकेकाले यति धेरै प्रगति गर्‍यो कि ऊ अहिले विश्वको पाँचौं अर्थतन्त्र बन्न सकेको छ । एशियाका थुप्रै देश आर्थिक संकटमा फस्ने देखिए पनि उसको अर्थतन्त्र बलियो देखापरेको छ । अहिले पाकिस्तानले सही रणनीति लियो भने ऊ पनि त्यसरी नै अर्थतन्त्र विस्तार गर्न सक्षम हुनेछ । श्रीलंका र पाकिस्तानमा जुन संकट देखापर्‍यो त्यो मूलतः शासन व्यवस्थाका विसंगति र व्यवस्थापन नजान्दाको परिणाम हुन् । भूराजनीतिका कारणले पनि पाकिस्तान समस्यामा परेको देखिन्छ । त्यसैले यस्तो बेला पाकिस्तानले हतोत्साही नभई गम्भीरतापूर्वक दाता र छिमेकी मुलुकलाई विश्वासमा लिएर अघि बढ्ने हो भने समस्याको समाधान गर्न सक्छ । नेपालजस्ता देशले पनि यसबाट पाठ सिक्न सक्छन् । नेपालमा अहिले नै आर्थिक संकट आइसकेको छैन । त्यसैले अर्थतन्त्रका मुद्दामा साझा सहमति गरेर अघि बढे नेपालमा सम्भावनाका क्षेत्र थुप्रै छन् । पाकिस्तान, बंगलादेशजस्ता मुलुकले पनि अहिलेको संकटबाट पार पाउन फरक रूपले काम गर्न आवश्यक देखिन्छ ।

सम्बन्धित सामग्री

श्रीलंकाली र पाकिस्तानी संकटको पाठ

सन् २०२२ को सुरुआत र अन्त्यमा दक्षिण एसियाका दुई मुलुक श्रीलंका र पाकिस्तान क्रमैसँग वित्तीय संकटको चपेटामा परे । यी संकटमा कतिपय समानता भेटिन्छन् जसका कारण यस उपमहाद्वीपका अरू राष्ट्र पनि थप संवेदनशील हुनुपर्ने भएको छ ।

पाकिस्तानमा आर्थिक संकट, नेपाललाई पाठ

आर्थिक प्रणालीका समस्यादेखि शासकीय चरित्र र शैलीसम्मका समानता हेरेर नेपालले पाकिस्तानको वर्तमान संकटबाट धेरै कुरा सिक्नपर्ने अवस्था छ ।

पाकिस्तानी बाढीको पाठ

यसपटक वर्षायाममा आएको भीषण बाढीले छिमेकी पाकिस्तान तहसनहस भएको छ। पानी पर्न रोकिएको हप्तौँपछि पनि पाकिस्तानका अधिकांश भूभाग जलमग्न छन्।...

दक्षिणएशियाली अपेक्षाको आँखाबाट इमरान खानको उत्थान र पतन

इमरान खानको उत्थान र पतनबाट दक्षिणएशियाली राजनीतिले सिक्ने पाठ सायद यही हो कि गफ गर्न जस्तो सजिलो काम गर्न हुँदैन । दक्षिणएशियाली समाज, राज्य, राजनीतिक प्रणाली, अर्थतन्त्र र मनोविज्ञानका आफ्नै खाले संरचनात्मक समस्या छन्, अकस्मात् कुनै हिरो आएर त्यसको समाधान हुनेवाला छैन ।

अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति अल्वी

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले ‘विगतबाट पाठ नसिकेको’ र ‘अर्को जालमा फसेकोू भन्दै आश्चर्य व्यक्त गर्नुभएको छ । अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गर्नुभएको हो । ‘मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्ने छैन।’ अल्वीले भन्नुभयो । राष्ट्रपति […]

अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले 'विगतबाट पाठ नसिकेको' र 'अर्को जालमा फसेको' भन्दै आश्चर्य व्यक्त गरेका छन्। अल्वीले ‘दक्षिण एशिया : उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो...

अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति अल्वी

पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले ‘विगतबाट पाठ नसिकेको’ र ‘अर्को जालमा फसेको’ भन्दै आश्चर्य व्यक्त गरेका छन् ।अल्वीले ‘दक्षिण एशिया : उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । ‘मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्ने छैन।’ अल्वीले भने ।राष्ट्रपति अल्वीको यो टिप्पणी जारी युक्रेन द्वन्द्वको बीचमा आएको हो । केही समय अघि पाकिस्तानी प्रधानमन्त्री इमरा

पाकिस्तानी प्रधानमन्त्रीको घोषणा- गरिबी निवारणका लागि चिनियाँ नमूनाबाट पाठ लिने

इस्लामावाद । पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।    पाकिस्तानको पूर्वी शहर लाहोरमा सरकारी आवास गृहको उद्घाटन समारोहमा प्रधानमन्त्रीले भने, ‘चीनले ...