सत्ता गठबन्धनको भागबण्डामा धनकुटा नेकपा माओवादी केन्द्रले नपाउने सुइँको पाएपछि नेताहरुले सामूहिक राजीनामा दिएका छन् । २०७४ सालको चुनावमा तत्कालीन एमाले माओवादी गठबन्धन हुँदा प्रतिनिधिसभा र प्रदेशका दुई सिटमा माओवादीले टिकट पाएका थिएनन् । आगामी चुनावमा समेत प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा माओवादीले नपाउने भएपछि पार्टीका नेताहरुले विद्रोह गरेको प्रदेशका एक पदाधिकारी बताए । प्रतिनिधिसभा चुनावमा पोलिटब्युरो सदस्य हेमराज भण्डारीले आकांक्षा राखेका थिए । भण्डारी २०६४ सालको चुनावमा प्रत्यक्ष निर्वा